Logo

एमालेले चाह्यो भने यो सरकार ढाल्न सक्छ : राजन भट्टराई (भिडिओसहित)



काठमाडौं, २३ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अर्थमन्त्रीको भूमिका रहँदा जनार्दन शर्माले राज्यविरुद्ध ठूलो अपराध गरेको आरोप लगाएका छन् । उनले बजेट बनाउँदा शर्माले आधारभूत मान्यतामाथि प्रहार गरेको आरोप लगाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले शर्माबाट कुन तहको अपराध वा कमजोरी भएको छ, त्यही तहको कारबाही हुनुपर्नेमा जोड दिए । उनले आफूहरु अहिले सरकार ढाल्ने फोहोरी खेलमा नलागेको पनि जिकिर गरे ।

उनले नयाँ सरकार बनाउनको लागि आफूहरुलाई जम्मा ३८ जना सांसदको मात्रै आवश्यक भएकोले चाहँदा तत्काल सरकार ढाल्न सकिने सार्मथ्य रहेको सुनाए । तर, आफूहरु अहिले सरकार परिवर्तनको पक्षमा नरहेको उनको जिकिर छ ।

उनले आफूहरु चुनावपछि नै सरकारको नेतृत्व गर्नेगरि अघि बढेको सुनाए । उनले एमालेले नागरिकतासम्बन्धी विद्येयक पारित गर्न कुनै अवरोध नगर्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot