Logo

पत्रकार किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा



असार २३, काठमाण्डौ । पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ ।

पुस्तकको हार्डकभर र पेपरब्याक दुबै निशुल्क होम डेलिभरीको व्यवस्था रहेको छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ईबुकमा समेत उपलब्ध रहेको छ । नेपालमा काठमाडौंमा रहेको मण्डला बुक प्वाइन्टमा उपलब्ध छ भने किताब यात्रामार्फत होम डेलिभरीको समेत व्यवस्था रहेको छ । भावनाहरु सर्वब्यापी हुन्छन् तर अनुवाद गर्न नसकिने हुन्छन् भन्ने ट्यागलाइन सहितको यो पुस्तक ३ सय पेजको रहेको छ ।

पुस्तकमा कुनै पनि बिपत्तिमा आशा र धैर्यतालाई कायम राखेमा त्यस्ता विपत्तिको सामना गर्न सकिने सन्देश दिइएको छ । २०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले बाँच्न सफल भएकाहरु, भूकम्पका पीडित, भूकम्पपछिको उद्धार र राहतमा खटिनेहरु, महाभूकम्पमा संचारकर्ममा खटिएकाहरु, उपचारमा खटिएकाहरु लगायतका भावना र अनुभवहरुलाई पुस्तकमा समेटिएको छ ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीस खिलराज रेग्मी, पुस्तकका पात्रहरु नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल र अमेरिका निवासी व्यवसायी लोक तिवारीले पुस्तकको लोकार्पण गरेका थिए । भावना व्यक्त गर्ने कुनै उपयुक्त भाषा नहुने भएकाले पुस्तकको शीर्षकले उक्त मर्मलाई बोक्न सफल भएको मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बताए ।

यो पुस्तकको नेपाल संस्करण नमस्ते इन्टरनेशनल मिडिया ग्रुपले प्रकाशन गरेको हो भने अन्तर्राष्ट्रिय संस्करण नमस्ते मिडिया इन्क न्युयोर्कले प्रकाशन गरेको हो । खसोखासका प्रधानसम्पादक समेत रहेका पन्थीका यसअघि जिरो माइल र कम्पन नामका दुई पुस्तकहरु प्रकाशित छन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त गरेका पन्थीले अमेरिकी राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षरित लाइफटाइम अचिभमेन्ट अवार्ड समेत पाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्