Logo

खोलाको किनारमा पुरुष मृत भेटिए



काठमाडौं, २३ असार । मोरङमा एक पुरुषको शव फेला परेको छ । जहदा गाउँपालिका–३ हात्तीबन्दा नहरस्थित सिंघिया खोलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार अन्दाजी ३५ वर्षको देखिने पुरुषको शव फेला परेको हो । अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot