Logo

बुढीगंगामा मतदान केन्द्रमा भिडन्त, प्रहरीद्धारा हवाई फायर



काठमाडौं, २३ असार । बाजुराको बुढीगंगा नगरपालिकामा तनाव उत्पन्न भएको छ । आज स्थानीय तह निर्वाचन अन्तर्गत मतदान जारी रहेको बेला त्रिशक्ति माध्यमिक विद्यालयमा भिडन्त भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ । मतदान केन्द्रमा लाइन बाहिर बसेकाहरु भित्र छिर्न खोज्ने क्रममा विवाद सुरु भएको प्रहरीले जनएको छ । विवाद बढेसँगै मतदान प्रक्रिया रोकिएको छ ।

झडप हुँदा २ जना घाइते भएका छन् । घाइते हुने मध्ये एकजना नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार हुन भने अर्की घाइते सीता देवी थापा हुन् ।

गत बैशाख ३० गते बुथ कब्जा भएको विषयमा विवाद भएपछि निर्वाचन आयोगले पुनः मतदान गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot