Logo

प्रगति विवरण हेडक्वाटरलाई बुझाउन पार्टीका मन्त्रीहरुलाई प्रचण्डको निर्देशन



काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका मन्त्रीहरुलाई एकहप्ता भित्र हेडक्वाटरमा प्रगती विवरण बुझाउन निर्देशन दिएका छन् ।

प्रचण्डले धेरै नराम्रा कुराहरु मात्रै बढी प्रचार भएको भन्दै आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रालयको प्रगति विवरण र हासिल गरेका उपलब्धी जनतामा लैजानुपर्नेमा जोड दिए ।

उनले आफ्ना पार्टीका मन्त्रीहरुले राम्रो काम गरेको उल्लेख गर्र्दै जनतामा पुर्याउन नसकेको बताए । आगामी चुनावमा मन्त्रालयले गरेका राम्रा कामलाई जनतामाझ लगेर स्थापित गर्ने उनको भनाई थियो । प्रचण्डले अर्थ र उर्जा मन्त्रालयले धेरै राम्रा काम गरेको भन्दै मन्त्रीहरुको पनि प्रंशसा गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot