Logo

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेसबीच सम्झौता



काठमाडौं, २४ असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसनबीच सम्झौता भएको छ । दुई कम्पनीबीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुनेगरी सहकार्य गर्ने सम्झौता भएको हो ।

उक्त समझदारीपत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु के .सी ले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायी जटिलताको बृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धी सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ । भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा सञ्चालन गरिने समेत जानकारी गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot