Logo

सोमबारदेखि बजेट खर्च गर्न नपाउने



काठमाडौं, २६ असार । चालु आर्थिक वर्षको अन्तिममा आइतबार एकैदिन ठुलो भुक्तानी भएको छ। महालेखा नियन्त्रक कार्यालयको अनुसार आइतबारदेखि नै बजेट खर्च रोकिने भएपछि एकैदिनमा २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको हो ।

महालेखाको अनुसार चालु खर्च तर्फ १० अर्ब ५८ करोड, पुँजीगत तर्फ १४ अर्ब ७२ लाख र वित्तीय व्यवस्थापनतर्फ २४ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको छ।

वित्तीय नियमावली, २०७७ अनुसार नियम ३० को उपनियम १ र २ अनुसार सरकारी कार्यालयहरुबाट हुने सबै खाले भुक्तानी आर्थिक वर्ष सकिने अन्तिम ७ दिन पहिले नै सम्पुर्ण रोक्नुपर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्