Logo

प्रेमीलाई मिर्गौला दिएकी प्रेमिकाले पाइन् धोका, शल्यक्रियाको १० महिनापछि ब्रेकअप



एजेन्सी, २६ असार । टिकटोकर कोलिनले आफ्नो प्रेमीलाई बचाउन आफ्नो ज्यान जोखिममा पारिन् तर बदलामा धोका खाइन्। युवतीले आफ्नो कथा मानिसहरूसँग सेयर गरेकी छिन्, जसलाई पढेर सबै भावुक भएका छन् । कोलिनले भनिन्–जब उनले आफ्नो प्रेमीलाई आफ्नो मृगौला दान गरे, उनको अवस्था मर्ने जस्तै थियो। उनले आफ्नो प्रेमी निकै गम्भीर रोगबाट पीडित रहेको बताइन् । उनले मिर्गौला नदिएको भए उनको ज्यान बच्ने थिएन ।

केटीको नाम कोलिन ली हो। जब ती युवती आफ्नो प्रेमीसँग सम्बन्धमा आएकी थिइन्, उनलाई मृगौला रोग थियो । उनको प्रेमी उनी भन्दा कान्छो थियो र १७ वर्षको उमेरमा उनको मिर्गौला प्रत्यारोपण आवश्यक थियो।

प्रेमिका आफ्नो प्रेमीसँग ६ महिनामै यति धेरै मायामा परेकी थिइन् कि उनले आफ्नो मृगौला दिने निर्णय गरिन् । तर मिर्गौला पाएलगत्तै प्रेमीले उनलाई धोका दिएर भागेका थिए ।
यद्यपि, मिर्गौला प्राप्त गरेपछि, प्रेमी पूर्ण रूपमा निको भए र सात महिना पछि लस भेगासको स्नातक यात्रामा गए। फर्केर आएपछि उनले त्यहाँ अर्की युवतीसँग सम्बन्ध राखेर आफुलाई धोका दिएको बताइन् । यो कुरा बाहिर आएपछि पनि प्रेमिकाले उनलाई अर्को मौका दिइन् । तर, तीन महिनापछि प्रेमीले उनीसँग ब्रेकअप गरे र उनलाई जताततै रोक लगाएर फरार भए ।

सामाजिक सञ्जालमा सेयर गर्दै कोलिनले लेखिन्, ’मेरो प्रेमीलाई मृगौला दिन पाउँदा म धेरै खुसी छु, किनभने उसले दोस्रो जीवन पाएको छ।’
यस भिडियोमा थप खुलासा गर्दै उनले आफूले धोका दिएको बताएकी छिन् । यससँगै उनी बेडमा लडेको भिडियोमा देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्