Logo

कांग्रेस पदाधिकारी बैठक सुरु, शेखर पक्षका नेता अझै पुगेनन्



काठमाडौं, २६ असार । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । भ्रातृ संस्थाको विधानबारे छलफल गर्न कांग्रेसले उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बोलाएको होे ।

भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल भइरहेको बुझिएको छ ।

डा.शेखर कोइराला पक्षको आन्तरिक भेला भर्खरै सुरु भएको छ। पदाधिकारी बैठकमा संस्थापन पक्षका नेताहरुको मात्रै उपस्थिति रहेको छ ।

शेखर पक्षको बैठकमा महामन्त्री गगनकुमार थापा, उपसभापति धनराज गुरुङ, नेता डा.शेखर कोइराला, चन्द्र भण्डारी, प्रकाश रसाइली, जीवन परियार, बलबहादुर केसी, डा.गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, सन्जय गौतम, सन्जय प्रसाइलगायतको उपस्थिति रहेको छ।



प्रतिक्रिया दिनुहोस्