Logo

नेपालमा कोरोना संक्रमित बढ्दै, आज थपिए १२१ जना



काठमाडौं, २६ असार । पछिल्लो २४ घण्टामा नेपालमा आज थप १२१ जना नयाँ संक्रमित थपिएका छन् ।

३ हजार ४५ जनामा गरिएको परीक्षणमा १०४ जना पीसीआर र १७ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या आज शुन्य रहेको छ ।

मन्त्रालयको अनुसार देशभर ६ सय ७८ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस्