Logo

जसपा फुटको नजिक, को कता



काठमाडौं, २६ असार । जनता समाजवादी पार्टी फुटको नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक डाकेपछि फुटको नजिक पुगेको हो ।

यादवले वीरञ्जनमा असारको २९ र ३० गते बैठक डाकेका छन् । भट्टराई त्यसभन्दा एक दिन अघि २९ र २९ असारमा काठमाडौंमा बैठक डाकेका छन् । बैठकमा सहभागिताले कस्को पक्षमा बहुमत छ भन्ने देखिनेछ ।

उपेन्द्र यादवले बाबुराम भट्टराईलाई बेवास्ता गरी मन्त्री फिर्ता बोलाउने र नयाँ बनाउने निर्णय लिएपछि जसपाको विवाद अझ चुलिएको छ । यादवले अशोक राई र मधेश प्रदेशमा आफ््नो विरोध गरिरहेकाहरुलाई हातमा लिएका छन् । राजेन्द्र श्रेष्ठ मन्त्री यथावत् छन् । प्रदीप यादव र मोहम्मद इस्तियाक राईलाई मन्त्री बनाएर थमथमाएका छन् ।

मन्त्री बनाएका नामहरुप्रति उपेन्द्रसँग जसपा नेताहरु असन्तुष्ट छन् । यादवलाई अमृता देवी अग्रहरी, नरमाया ढकाल, प्रमोद साह, डा. सुरेन्द्र यादवले गुट परिवर्तन गरेर चुनौती दिने बुझिएको छ । महेन्द्र राय यादव बाबुरामकै पक्षमा छन् ।

यादवको समूहमा अशोक राई पक्षधरका अलावा, प्रदीप यादव, मोहम्मद इस्तियाक राई पनि छन् । उनीहरुले कति जना सांसद र कार्यकारिणी समितिको सदस्य व्यवस्थापन गर्न सक्छन् चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot