Logo

प्रधानमन्त्रीद्धारा त्रिचन्द्र क्याम्पस पुनः निर्माण गर्न २ अर्ब ५० करोड बिनियोजन



काठमाडौं, २६ असार । नेपालकै जेठो त्रि–चन्द्र क्याम्पसको ऐतिहासिक भवनहरु पुनःनिर्माणको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पसले गत असार २३ गते प्रधानमन्त्री देउवासमक्ष क्याम्पसको समस्या बारे अवगत गराउदै ज्ञापनपत्र समेत बुझाएको थियो।

प्रधानमन्त्री देउवाले विद्यार्थीहरुकै अगाडी शिक्षा मन्त्रालय लगायत सरोकारवालाको ध्यानाकर्षण, समन्वय र प्रारम्भिक कार्य सुरुवात गर्न/गराउन निर्देशन दिएका थिए ।

नेविसंघको पहलमा क्याम्पसको पुनःनिर्माणको लागि आज (असार) २६ गते प्रारम्भिक कार्यको रुपमा डिपिआर गर्ने कार्य सुरुवात भएको छ। डिपीआर गर्न जिम्मा पाएको कन्सल्टेन्सीले करिव ६ महिना भित्र प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाउन सकिने बताएको छ । भने, शिक्षा मन्त्रालयका सचिवले प्रतिवेदन प्राप्त भए लगत्तै टेन्डर आह्वान गरि निर्माण कार्य अगाडि बढाउने कुरामा विस्वस्त रहन आग्रह गरेको नेविसंघ त्रिचन्द्रका एक नेताले बताए ।

वर्षाको समयमा पानी चुहिँदा पठनपाठन अत्यन्तै अस्तव्यस्त बन्नुका साथै त्रासका बाबजुद अध्ययन अध्यापन गरीरहनु परेको बारेमा प्रधानमन्त्री देउवालाई नेविसंघले ध्यानाकर्षण गराएको थियो ।

नेविसंघ त्रि–चन्द्र क्याम्पसले पुनः निमार्णको लागि साथ, सहयोग गर्ने प्रधानमन्त्री देउवा, शिक्षा मन्त्रालय, त्रि.वि. प्रशासन, क्याम्पस प्रमुख एवं प्रशासन लगायत सम्पुर्ण विद्यार्थीहरुलाई धन्यवाद दिएको छ ।

यो पनि पढ्नुहोस्

नेविसंघ त्रिचन्द्रद्धारा क्याम्पसको पुनःनिर्माण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण



प्रतिक्रिया दिनुहोस्

Screenshot