Logo

देउवा सरकार केपी ओलीको भन्दा केही फरक देखिएनः डा. प्रकाशचन्द्र लोहनी



काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शेरबहादुर देउवाको सरकार पूर्ववर्ती सरकारभन्दा केही पनि फरक नदेखिएको आरोप लगाएका छन् ।
। नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने, “खर्चमा नियन्त्रण छैन । व्यापार घाटा बढेको छ । डलर सञ्चितिमा दबाब छ । हामी तत्काल श्रीलंका नभए पनि श्रीलंका हुने बाटोतिर जाँदै छौं । सरकारमा पटक्कै संवेदनशीलता देखिएको छैन । पिण्ड स्थाने पिण्डंम्, दीप स्थाने दीपम् भनेजस्तो देउवाको सरकार केपी ओलीभन्दा केही फरक छैन । प्रधानमन्त्रीको ध्यान सत्ताभन्दा बढी केही छैन । अनुशासन र दृढता केही पनि छैन । मुलुक झन् झन् आर्थिक अराजकतातिर जाँदैछ । अब त श्रीलंकाले घटनाले आँखा खोलिदिनुपर्ने हो ।”
डा. लोहनीले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ कम्युनिस्टलाई मिलाउने भन्दा पनि आफ्नो सिमानाको संवेदनशीलता नेपालका दलहरुले कति बुझेका छन् भनेर आकलन गर्न आएको पनि बताए । साथै उनले चुनावको मुखमा धेरै कमिसन आउने भएकाले हतियार खरिदमा चलखेल भएको हुन सक्ने पनि औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot