Logo

आज पुनः कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं, असार २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्ने भएको छ । सोमबारदेखि पार्टी मुख्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पुनः बस्न लागेको हो ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।

बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot