Logo

एमाले अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता (फोटोफिचर)



काठमाडौं, असार २८ । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । लिउले मंगलवार विहान ओली निवास बालकोट पुगेर भेट गरेका हुन् ।

भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा किरण भण्डारी , अन्जन शाक्य, कृशा केसी लगायत सहभागी रहेका थिए ।

लिउले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ । लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, माओवादी अध्यक्ष प्रचण्डसंग भेट गरिसकेका छन् ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot