Logo

माथिल्लो दोर्दी ए को बिजुली साउनबाट बल्ने



लमजुङ २८ असार । लमजुङको दोर्दिखोलामा निर्माण सम्पन्न गरी विद्युत उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए ले साउनबाट उत्पादन गर्ने भएको छ ।

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण सप्पन्न माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन साउन महिनादेखि गर्ने लक्ष्य राखेको हो ।

२५ मेगावाट क्षमताको याे आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । आयोजनाले पटक-पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ ।

आयोजना निर्माणका क्रममा  तीन अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्

Screenshot