Logo

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसले कति पाए



काठमाडौं, २८ असार । हिमालयन हाइड्रोपावरको लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणको जारी गरेको धितोपत्रको प्राथमिक आईपीओ बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा १ करोड ७७ लाख ५४ हजार ३ सय कित्ता आवदेन परेको थियो । ति मध्ये १६ सय ११ आवेदकको आवेदन रद्द भए । १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएका छन् । गोलाप्रथाबाट १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । बाँकी रहेको २ कित्ता शेयर १० कित्ता भन्दा बढीको लागि आवेदन दिने २ जनाले थप २ कित्ता बढी प्राप्त गरेका छन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्रि नभएको ६ लाख १८ हजार २५० कित्तासहित कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमध्ये ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोष र ३९ हजार ३६५ कित्ता कर्मचारीको लागि छुट्टाएको थियो भने बाँकी रहेका १८ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवदेन दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot