Logo

दुनैका २४ परिवार विस्थापित



काठमाडौँ,२८ असार । ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सदरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई विस्थापित गराएको हो ।ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढी र पहिराले नन्नाकुमारी विकको एकतले कच्ची घर पूर्णरूपमा क्षति पु¥याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । उनका अनुसार ती सबैको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झण्डै रु एक करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्याङ्कन विवरणमा उल्लेख छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिको बारेमा जानकारी गराएका थिए । सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए। भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यसभन्दा अगाडि गरिएको कामसमेत परिणाममुखी नहुँदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot