Logo

बाबुराम पक्षको बैठक सुरु



काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक सुरु भएको छ ।

यो बैठकसँगै जसपा अब आधिकारिक रुपमा विभाजनतर्फ अघि बढेको छ । उता, अध्यक्ष उपेन्द्र यादवले भोलिको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । यादव पक्षको बैठक भने वीरगन्जमा हुने भएको छ ।

अध्यक्ष यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेको भनेर बाबुराम पक्षले असन्तुष्टि राख्दै आएको थियो । पछिल्लो समय यादव र भट्टराईबीच भएको भेटवार्तामा नै सहमतिमै अलग हुने समझदारी भएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot