Logo

प्रचण्डलाई धन्यवाद भन्न उपेन्द्र महतो खुमलटारमा



काठमाडौं, २८ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महताको नेतृत्वमा संघको प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ । भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ ।

प्रतिनिधिमण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे छलफल गरेको थियो । उक्त अवसरमा संघका संस्थापक अध्यक्ष डा. महतो, कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्री केसीलगायतका पदाधिकारीहरुले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवाद दिएका थिए ।

विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई संबोधन गर्न भेटमा उनीहरुले आग्रह गरेका थिए । जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यहीअनुरुप विधेयक आउने विश्वास व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot