Logo

आज एकैदिन १७७ संक्रमित थपिए, ४१ जना निको



काठमाडौं, २८ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३१ सय २६ जनाको परीक्षणमा पीसीआर विधिबाट १४४ र एन्टीजेन परीक्षणबाट ३३ जनामा आज संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज ४१ जना संक्रमण मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८ सय ७३ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्