Logo

सोमबार दोहोरो अंकले बढ्यो नेप्से



काठमाडौं, २८ असार । नेपाली शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९ अंकले बृद्धि भएर ३६८ दशमलव ९५ विन्दुमा पुगेको हो ।

आज २२६ कम्पनीको १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot