Logo

तीन यात्रु चढ्ने ट्याम्पुमा २७ जना भेटिएपछि… (भिडियोसहित)



एजेन्सी, २९ असार । तीन पाङ्ग्रे टेम्पो अर्थात अटो रिक्सामा ३ यात्रु चढ्न मिल्छ । एकजना चालक अगाडि हुन्छन् भने तीन यात्रु पछाडि । तर, भारतमा त्यस्तो ट्याम्पुमा २७ जना यात्रु भेटिएका छन् ।

अहिले भारतमा एउटा भिडियो भाइरल छ जसले ट्याम्पुमा २७ यात्रु भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको देखाइएको छ । यो घटना उत्तर प्रदेशको फतेहपुरको हो ।

रिक्सामा कोचोकोच गरी २७ जना राखिएका थिए । जसमा पाका र बालकालिका समेत थिए । एकजना चढ्ने अगाडिको सिटमै चारजना बसेको भेटिएको थियो ।

ट्याम्पुलाई प्रहरीले रोक्न खोज्दा भागेपछि लखेटेर नियन्त्रणमा लिइएको थियो । प्रहरी नै २७ जना भेटिएपछि छक्क परेको थियो ।



प्रतिक्रिया दिनुहोस्