Logo

प्रचण्डबाहेक प्रधानमन्त्री भैसकेका पार्टीका नेताहरु ‘डेट एक्सपायर’ भैसके : बिडारी (भिडिओसहित)



काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले एमालेले स्थानीय तहको निर्वाचनमा विभिन्न दलसँग तालमेल गरेको र केन्द्रबाट नेताहरुले कसैसँग पनि तालमेल नगरेको भनेर छद्यमभेषी कुरा गरेको उनको आरोप छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बिडारीले यस्तो टिप्पणी गरे । उनले ओलीको प्रतिगामी कदम रोक्नको लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गरेको र सरकार आफ्नो उद्देश्यमा सफल रहेको दाबी गरे । उनले अहिलेसम्म प्रचण्डबाहेक प्रधानमन्त्री भैसकेका पार्टीका नेताहरु डेट एक्सपायर भैसकेको दाबी गरे ।

आफ्नो पार्टीले अहिलेको पाँच दलीय गठबन्धन टुटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले एमाले र माओवादी केन्द्रबीच सहकार्य हुन लागेको भनेर हल्ला बाहिर ल्याउनेहरुलाई बेइमान र बद्मासको संज्ञा दिए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहकार्य नहुने दाबी गरे ।

उनले ओलीकै कारण देश अस्तव्यस्त भएको आरोप लगाए । उनले ओलीले संविधान र व्यवस्थालाई धरापमा पार्ने काम गरेको स्मरण गराए । उनले चीनले नेपालका कम्युनिष्ट पार्टीहरुलाई मिल्नको लागि कुनै दबाब नदिएको जिकिर गरे । उनले चीनले एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहोस भन्नेमात्रै चाहेको सुनाए । उनले आफ्नो पार्टी आगामी निर्वाचनमा एक्लै जान तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot