Logo

काँग्रेसभित्र फेरि उठ्यो धर्मनीरपेक्ष हटाउने मुद्दा



काठमाडौं, २९ असार । नेपाली काँग्रेसभित्र धर्मनीरपेक्षविरुद्ध बेला बेलामा मुद्दा उठ्ने र सेलाउने गर्दै आएको छ । संविधानमा हिन्दू राष्ट्र हटाएर धर्मनीरपेक्ष उल्लेख गरिएको भन्दै काँग्रेसभित्र एउटा समूह विरोध गर्दै आएको छ ।

काँग्रेसको १४औं महाधिवेशनमा पनि धर्मनीरपेक्षविरुद्ध आवाज उठेपनि खासै चर्किएन । विगतमा खुमबहादुर खड्काले यो मुद्दा उठाउने गर्दथे । पछि शंकर भण्डारीले यो मुद्दा उठाए । पछिल्लो समयमा एनपी साउदलगायतले यो मुद्दा उठाउन थालेका छन् ।

काँग्रेस बैठकमा केन्द्रीय सदस्य भीम पराजुलीले धर्म नीरपेक्ष हटाउने मुद्दा उठाए । उनले आगामी चुनावमा यही मुद्दा उठाएर जनतासामु जानुपर्नेमा जोड दिए । संघीयता या राम्ररी कार्यान्वयन गर्नुपर्ने या खारेज गरेर जानुपर्ने विषय पनि उठेको छ ।

काँग्रेसले वर्तमान संविधानलाई सबैभन्दा बढी समर्थन गरिरहेको छ । उसले धर्मनीरपेक्षको पक्षपातीका रुपमा आफूलाई उभ्याएको छ । तर, पार्टीभित्र धर्मनीरपेक्षविरुद्धको मुद्दा जोडतोडले उठ्नु अर्थपूर्ण छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot