Logo

भानुभक्तले देखाएको परोपकारी नेपाली समाज (भिडियो विश्लेषण)



काठमाडौं, २९ असार । आज आदिकवि भानुभक्त आचार्यको जन्मदिन । भानुभक्त कवि मात्र होइनन् तत्कालीन नेपालको इतिहास र समाज चिनाउने विद्धान पनि हुन् । उनको कविताबाट तत्कालीन समाज, परम्परा, मूल्य मान्यता बुझ्न सकिन्छ ।

घाँसी कवितामार्फत् भानुभक्तले नेपाली समाजमा समाजसेवाको महत्व बुझ्न सकिन्थ्यो । घाँसीले कुवा बनाउन पसिना बगाएको कविताबाट बुझ्न सकिन्छ । सर्वसाधारणमा पनि समाजसेवा र लोकहितका लागि योगदान गर्ने इच्छाहरु देखिन्थ्यो । धन आफ्ना लागि भन्दा समग्र समाजको हितका लागि खर्चिनुपर्छ भन्ने सन्देश भानुभक्तले प्रवाह गरेका छन् ।

घाँसीले कुवा खनाउन परिश्रम गरेको सुनेर भानुभक्तलाई आफैप्रति आत्मग्लानी भएको थियो । उनले आफैलाई धिक्कारेका थिए । मानिस धनले नभई मनले दरिद्र हुन्छ भन्ने सन्देश प्रवाह गरे भानुभक्तले । जो व्यक्ति आफ्ना लागि मात्र धन कमाउँछ समग्र समाजका लागि कुनै योगदान गर्दैन त्यो व्यक्तिको कुनै किर्ति हुँदैन भन्ने सन्देश दिएका छन् भानुले । जन्मिएपछि मर्नुपर्छ तर किर्त छाडी मर्नुपर्छ भन्छन् भानुभक्त ।

भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमार्फत् राष्ट्रको एकतामा योगदान दिएका छन् । उनले नेपाली भाषामा रामायणको उल्था गरेपछि सर्वसाधारणको पहुँचमा पुग्यो रामायण । त्यसअघि संस्कृत वा हिन्दी बुझ्नेले मात्र रामायण पढ्थे । हरेक जात जातिले रामायण पढ्न पाए भानुभक्तका कारण ।

भानुभक्तलाई नेपालभित्र मात्र नभई बाहिरका नेपाली भाषीले असाध्यै सम्मान गर्छन् । दार्जिलिङमा भानुभक्तको शालिक छ । त्यहाँ भानुजयन्तीलाई पर्वकै रुपमा मनाइन्छ । आसाम, मणिपुर, बर्मामा पनि भानुजयन्ती मनाइन्छ । नेपाली भाषीहरु जहाँ जहाँ छन् त्यहाँ भानुजयन्ती मनाउँछन् ।



प्रतिक्रिया दिनुहोस्