Logo

ओलीले बिगारेको काम देउवाले सपार्नुभयो : मीन विश्वकर्मा (भिडिओसहित)



काठमाडौं, ३० असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बिग्रेको काम बनेको बताएका छन् । उनले मुलुक संविधानभन्दा बाहिर जान्छ कि भन्ने चिन्ता रहेको अवस्थामा देउवाकै नेतृत्वमा मुलुक संविधानको ट्रयाकमा ल्याएको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले समयमै स्थानीय तहको निर्वाचन गराएको सुनाए । उनले देउवा सरकारको नेतृत्वमा आएपछि अन्तर्राष्ट्रियस्तरमा विश्वासको सम्बन्धको ग्राप बढेको दाबी गरे ।

सरकार सामाजिक सुरक्षाको मामिलमा पनि सफल भएको उनको भनाई छ । उनले प्रधानमन्त्री देउवा गठबन्धनको सरकारको प्रधानमन्त्री भएकोले सबैलाई मिलाएर लगेको सुनाए । उनले एमाले अध्यक्ष केपी ओली सरकारको नेतृत्वमा रहँदा बिगारेको काम देउवाले सपारेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot