Logo

गभर्नर अधिकारी बालुवाटारमा, मार्गप्रशस्त गर्न प्रधानमन्त्री देउवाको आग्रह



काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतकाअनुसार अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार बाहिरिएपछि प्रधानमन्त्री देउवाले छलफलको लागि बोलाएका हुन् ।

एमालेले उक्त विभागको सदस्यको नाम सार्वजनिक गरेको र सदस्यमा एम अधिकारी (खोटाङ) पनि राखेको र त्यो नाम गभर्नर अधिकारी नै रहेको चर्चाको बीच उनको विरोध तथा आलोचना सुरु भएको छ । यो विषय प्रतिनिधिसभामा पनि उठिसकेको छ । माओवादी केन्द्रका भातृ संस्थाहरुले त अधिकारीको राजीनामा मागेर आन्दोलन थाल्ने घोषणा नै गरिसकेका छन् ।

यही सन्दर्भमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई बालुवाटार बोलाएर मार्गप्रशस्त गर्न आग्रह गर्न खोजेको बुझिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको र गभर्ननरजस्तो व्यक्ति पार्टीको व्यक्ति भएपछि राम्रो नीति नआउने आरोप छ । बालुवाटारको छलफलमा केही मन्त्रीहरुको पनि सहभागिता रहेको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot