Logo

काठमाडौंमा चितुवाको आक्रमणबाट एकैपरिवारका ४ सहित ५ जना घाइते



काठमाडौं, ३० असार । चितुवाले राजधानी बाहिर मात्र नभएर देशको काठमाडौंमा पनि आतंक मच्चाउन सुरु गरेको छ ।

नागार्जुनमा चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । नागार्जुन नगरपालिका–८ भीमढुंगा दर्शन खोलामा चितुवाको आक्रमणबाट एकै घरका चारजनासहित ५ जना घाइते भएका हुुन् ।

घाइते हुनेमा एकै परिवारका राम भट्टराई, सानीमैया भट्टराई, कुमार भट्टराई, सरस्वती भट्टराई र उनीहरुका छिमेकी सुविन भट्टराई छन् ।
लोकल कुखुरा पालेको छाप्रोमा चितुवा पसेपछि धपाउन जाँदा उनीहरुमाथि चितुवाले आक्रमण गरेको बुझिएको छ ।

घाइते ५ जनालाई उपचारको लागि राति नै मनमोहन अस्पताल पुर्याइएको थियो । उनीहरुमध्ये २ ३ जनाको उपचार भइरहेको छ भने २ जना डिस्चार्ज भइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot