Logo

विद्या भट्टराईलाई उपसभामुखको उम्मेद्धवार बनाउने एमालेको निर्णय, गठबन्धनबाट पुष्पा भुसाल



काठमाडौं, ३० असार । नेकपा (एमाले) ले भोलि (बिहीबार) हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भट्टराईलाई उपसभामुखको उम्मेद्धवार बनाउने निर्णय गरेको जनाए ।

उनले भने,‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ ।’

यसअघि पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुषालले उम्मेद्धवारी दर्ता गराईसकेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot