Logo

रेणु यादवले उपेन्द्र यादवसँगको सहकार्य तोड्दै



काठमाडौं, ३० असार । जनता समाजवादी पार्टीकी प्रभावशाली नेता हुन् रेणु यादव । उनी जसपामा लागेर भौतिकमन्त्री समेत भइन् । लामो समय उपेन्द्र यादवसँग नजिक रहेर काम गरेकी रेणु मधेशी जनअधिकार फोरम हुँदा देखि नै साथ नछाड्नेमा पर्छिन् ।

रेणु पूर्वपञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मधेशवादी दलमा लागेकी हुन् । उनी राप्रपामा हुँदा पनि मन्त्री बनेकी थिइन् ।

राप्रपा त्यागेर मधेशवादी दलमा लाग्दा पनि पटक पटक मन्त्री बनिन् । उनले उपेन्द्र यादवलाई १५ वर्ष साथ दिइरहिन् । यसपटक भने उनी उपेन्द्रसँगको सहकार्य त्याग्ने संकेतका साथ प्रस्तुत भएकी छिन् ।

भौतिक मन्त्रीबाट हटाइएपछि रेणु रुष्ट छिन् । उनले आजै विज्ञप्तिमार्फत् पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरु त्याग गरेको घोषणा गरेकी छिन् ।

जसपाबाट अलग भएको घोषणा नगरेपनि यादवले पदीय जिम्मेवारीबाट अलग भएको निर्णयमा पुगेको जनाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्