Logo

नेपालको एभरेष्ट इनले राख्यो विश्वकै अग्लो स्थानको होटलको किर्तिमान



काठमाडौं, ३० असार । एभरेष्ट इन होटल विश्वकै अग्लो स्थानको होटलको किर्तिमान राख्न सफल भएको छ । ५१८० मिटर उचाईमा रहेको होटलले वल्ड बुक रेकर्ड लन्डनबाट किर्तिमानी प्रमाणपत्र पाएको हो ।

सोलुखुम्बुको गोरखसेफ एभरेष्ट बेस क्याम्प नजिकै होटल निर्माण गरिएको छ । पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले किर्तिमानको प्रमाणपत्र होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई प्रदान गरे ।

सन् २००४ देखि एभरेष्ट बेस क्याम्प नजिकै होटल सञ्चालनमा छ । एभरेष्ट इनका प्रबन्ध निर्देशक छिरिङ शेर्पाले होटल बनाउँदा र चलाउँदाको संघर्षको बारेमा अनुभव सुनाए ।



प्रतिक्रिया दिनुहोस्