Logo

राजापाक्षे शरण खोज्दै सिंगापुरमा



एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सको मालेबाट सिंगापुर पुगेका छन् । उनी साँझ साउदी एयरलाइन्सको उडानबाट सिंगापुर पुगेका हुन् ।

राजापाक्षे सिंगापुरमै निजी भ्रमणमा रहने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनी त्यहाँबाट मध्यपूर्व जाने चर्चा छ । तर, कुन देशमा शरण माग्ने हुन् स्पष्ट छैन ।

राजापाक्षेले सिंगापुरमा शरण नमागेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । विगतमा भागेर पुगेका कतिपय शासकलाई सिंगापुरले शरण दिएको इतिहास छ । यसकारण पनि राजापाक्षे धनी सिंगापुर सहरमा रहने सम्भावना छ ।

श्रीलंकामा आर्थिक संकटपछि जनताले विद्रोह गरे । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र समेत पसेपछि राजापाक्षे भागेर अज्ञात स्थानमा लुकेका थिए । उनी बुधबार विहानै मालदिभ्स उडेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot