Logo

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रियो (फोटोफिचर)



काठमाडौं, ३० असार । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य कलेज अगाडि अखिल क्रान्तिकारीले एमाले नता एम अधिकारीलाई गभर्नर पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।

‘गभर्नर भएर राजनीति गर्न पाइँदैन’, ‘अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी राजीनामा दे’ लगायतका नारासहितको प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्