Logo

भारत उड्नुअघि दाहाल प्रधानमन्त्री देउवा भेट्न बालुवाटारमा



काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । दाहाल आज अपरान्ह भारत जाँदैछन् । भारत उड्नुअघि दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

दाहाल भारतीय जनता पार्टीको निमन्त्रणमा आज भारत जान लागेका हुन् । उनी आगामी साउन १ गते स्वदेश फर्कने कार्यक्रम छ । बालुवाटारमा भएको दुई नेताबीचको छलफलमा गठबन्धन बलियो बनाउने विषयमा पछि कुराकानी भएको बुझिएको छ ।

कांग्रेसको केन्द्रीय कमिटीको बैठक जारी छ । उक्त बैठकमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भैरहेको छ । यही सन्दर्भमा देउवा र दाहालबीच पाँच दलीय गठबन्धनलाई बलियो बनाउनेबारे छलफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot