Logo

भारतीय जनताको तर्फबाट नेपाललाई प्राप्त विपद् राहत सामग्रीको हस्तान्तरण



काठमाडौं, ३१ असार । विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्दै आएको भारत सरकारले सोही प्रतिबद्धताअनुसार नेपाललाई बाढी तथा पहिरो राहत सामाग्री प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच आज (शुक्रबार) नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका हु्न् । राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा रहेका छन् ।

कार्यक्रममा बोल्दै राजदू्त श्रीवास्तवले समयमै उपलब्ध गराइएको यस राहत सामग्रीको सम्बन्धित निकायले समयमै वितरण गरी त्यसको सही उपयोग गरी अधिकतम लाभलाई सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताए ।

समयमै राहत सामग्री उपलब्ध गराइदिएकोमा गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । साथै, भारत र नेपालबीच रही आएको विपत् व्यवस्थापन तथा राहत सहकार्यको सराहना गरेका थिए ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी राहत सामग्रीको हस्तान्तरणले विपद व्यवस्थापन तथ न्यूनीकरणका लागि नेपाल सरकारले चालेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने नेपालस्थित् भारतीय दूतावासले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot