Logo

बाग्मती नदीमा नुहाउन गएका २ बालक मृत भेटिए



काठमाडौं, ३१ असार । रौतहटमा बिहीबार नुहाउन नदीमा पसेका दुई बालकको शव भेटिएको छ । रौतहटको बाग्मती नदीमा बिहीबारदेखि हराएका बालकहरुको शव फेला परेको प्रहरीले जनाएको छ ।

नुहाउन नदीमा गएका दुर्गाभगवती–३ का १३ वर्षीय हर्ष झा र सोही स्थान वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका हुन् । दुई बालकको शव बिहीबार रातिसम्म खोज्दा पनि भेटिएन् । तर, आज बिहान दुवै शव फेला परेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot