Logo

अमेरिकाबाट आयो बालबालिकालाई कोरोनाविरुद्धको थप खोप



काठमाडौं, ३१ असार । नेपालका बालबालिकाका लागि अमेरिकाले कोरोना विरुद्धको थप १० लाख खोप उपलब्ध गराएको छ ।

अमेरिकाले थप १० लाख ८ हजार फाइजर भ्याक्सिन नेपाललाई दिएको हो । ५ देखि १२ वर्षसम्मका लागि लगाउन मिल्ने उक्त परिणामको खोप बिहीबार नै नेपाल आइपुगेको हो ।

नेपालस्थित अमेरिकी दुतावासकोे अनुसार यस अघि नै ४० लाख डोज खोप नेपाललाई निशुल्क उपलब्ध गराइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्