Logo

गभर्नरले नैतिक रुपमा राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा



काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

सत्तागठबन्धनको शुक्रबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले अधिकारीले नैतिक रुपमा राजीनामा दिनपर्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको नाम अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा तानिएका हुन् ।

अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले आज माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो।



प्रतिक्रिया दिनुहोस्