Logo

विद्यार्थी नेताको काम ताला ठोक्ने र प्रदर्शन गर्ने मात्र हो ? (भिडियो विश्लेषण)



काठमाडौं, ३१ असार । विद्यार्थी कुनैपनि देश र समाजको भविष्य हो । त्यसकारण राजनीतिबाट मुक्त हुँदैनन् । तर, विद्यार्थी राजनीतिको दायित्व र कर्तव्य के हो भन्ने महत्वपूर्ण विषय हो ।

आफू अध्ययन गर्ने विश्वविद्यालय र कलेजहरुमा विद्यार्थी संघ र संगठनबीच ताला लगाउने प्रतिष्पर्धा नै चल्न थालेको छ । कोही गुरूहरुलाई कालो मोसो दलेर सामथ्र्य प्रमाणित गर्न खोज्छन् । सडक जाम गर्ने, टायर बाल्ने, मसाल जुलुस निकाल्ने, गाडी जलाउने देखि चन्दा असुल्नेलाई विद्यार्थी राजनीतिको परिभाषा बनाउन थालिएको छ । यो शिक्षा क्षेत्रका लागि डरलाग्दो संकेत हो ।

विद्यार्थी राजनीति गर्नेहरुबाट नै शिक्षा क्षेत्र असुरक्षित हुने खतरा बढेको छ । वास्तवमा यो कसरी भयो ? गम्भीर प्रश्न बनेको छ ।



प्रतिक्रिया दिनुहोस्