Logo

मुलुकमा महाशक्ति राष्ट्रहरुको चलखेल बढयोः कमल थापा



काठमाडौं, ३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य शक्तिहरुको चलखेल बढेको बताएका छन । पुर्व पराराष्ट्र मन्त्रीसमेत रहेका थापाले संसदीय चुनाव नजिकिदैँ जाँदा महाशक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको बताएका हु्न ।

‘संसदीय चुनाव नजिकिदैँ जाँदा बाह्य शक्तिहरुको चलखेल बढेको छ, महाशक्ति आफनो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्’ थापाले भनेका छन, ‘दिल्ली, बेइजिङ र बाशिंगटनमा पानी पर्दा काठमाडौंमा छाता ओडने जमात खोज्दैछन, राष्ट्रवादी शक्ति निरिह बन्ने खतरा छ ।’ अध्यक्ष थापाल नेपाली जनता सचेत हुनुपर्ने भन्दै राष्ट्रवादी अझै जिउँदै रहेको उल्लेख गरेका छन ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot