Logo

हामी प्रचण्ड र देउवाको सहकार्य भत्काउने र विथोल्ने काममा लाग्दैनौं : भानुभक्त ढकाल (भिडिओसहित)



काठमाडौं, ३२ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले जनताको जनादेशको आधारमा आफूहरु सरकार बनाउने अभियानमा लागेको बताएका छन् । आफूहरुले अहिलेको गठबन्धनको सरकारलाई मंसिरको दोस्रो हप्तामा धीत मरुञ्जेलसम्म सरकारमा बसेर काम गर्न दिन चाहेको पनि उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुले चाहे यो सरकार ढाल्न सक्ने पनि दाबी गरे । यद्धपी उनले आफूहरुको प्राथमिकतामा अहिले सरकार ढाल्ने कुरा नरहेको जिकिर गरे । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने सुनाए ।

उनले आफूहरुलाई जनादेश सधैं स्वागतयोग्य रहेको पनि प्रतिक्रिया दिए । उनले भने,‘अहिलेको सरकार र पाँच दलीय गठबन्धनलाई हटाउन लागियो भने, हामीले अघि सारेका समृद्धिका सपनाहरु, तीन वर्षमा सरकारमा रहेर हामीले धेरै राम्रो काम गरेका छौं । हिजो केपी ओलीको आलोचना गर्नेहरुपनि अहिलेको सरकारको काम देखेर वाक्क भएका छन् ।’ उनले आफूहरु प्रचण्ड, देउवा र माधव नेपालबीचको सहकार्य भत्काउने, तोड्ने र विथोल्ने काममा नलाग्ने पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot