Logo

एमबीबीएसमा शुल्क वृद्धि, स्वास्थ्य शिक्षामा कुन विषयको कति शुल्क (सूचीसहित)



काठमाडौं, ३२ असार । एमबीबीएसलगायत स्वास्थ्य शिक्षाको शुल्क बढेको छ । सबैभन्दा आकर्षण र महङ्गो एमबीबीएस पढ्न अब न्यूनतम ४१ लाख ६८ हजार देखि ५४ लाख ९५ हजारसम्म निर्धारण गरिएको हो ।

चिकित्सा शिक्षा आयोगले गत वर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशतले वृद्धि गरेको जनाएको छ । एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार र उपत्यका बाहिर ४५ लाख ९५ हजार निर्धारण गरिएको छ ।

बीडिएस २० लाख ९२ हजार, बीएससी नर्सिङ्ग १० लाख ३६ हजार, बीपीएट, बीएससी एमआइटी, बीएससी एमएलटी, बी मेडिकल माइक्रोबायोलोजी, बी मेडिकल बायोकेमेष्ट्रिी अध्ययन गर्न ७ लाख ७७ हजार निर्धारण गरिुएको छ ।



प्रतिक्रिया दिनुहोस्