Logo

गभर्नर अधिकारीविरूद्ध राष्ट्र बैंकको गेटमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ



काठमाडौं, साउन १ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

दलीय सलंग्नता र शैक्षिक योग्यताका विषयहरूमा प्रश्न उठेपछि विद्यार्थी युवा संगठनहरू बालुवाटारस्थित राष्ट्र बैंकको गेट नम्बर ३ नम्बरमा गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन पुगेका थिए ।

उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्।

नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी भएको दाबीसहित उनीविरूद्ध विद्यार्थीले आन्दोलन गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot