Logo

एन्फा कार्यसमिति बैठक बस्दै



काठमाडौ, २ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज (सोमबार) कार्यसमिति बैठक बस्दैछ ।  सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने बैठक ३ बजेलाई डाकिएको छ  । विविधसहित १२ बुँदामा एजेन्डा राखिएको छ ।

जसमा बिबादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा छन् । पछिलो समय पदाधिकारी चयनमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा पर्न सक्छन् ।

तीन समूहलाई समेट्दै गर्ने नियुक्तिनै कठिन छ । सिइओ, प्रवक्ता, तीन सहमहासचिब, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति हुदै छ । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्