Logo

राप्रपा प्रवक्ता शाहीको पहलमा जुम्लामा ३३ केभी प्रसारण लाइन पुग्दै



काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीको पहलमा जुम्लामा ३३ केभिको प्रसारण लाइन पुग्ने भएको छ ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाहीले जुम्लामा ३३ केभी प्रसारण लाइन ठेक्का खोलेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।

शाहीसहित कर्णालीका अगुवा जनताले गत असार २४ गते उर्जामन्त्री पम्फा भुसाललाई कर्णालीमा विद्युत पुर्याइदिन अनुरोध गरेका थिए । शाहीको टोलीले माग गरेअनुसार नै उर्जामन्त्रालयको निर्देशनमा गत असार २८ गते विद्युत प्राधिरकरणले साउनमा कर्णालीमा ३३ केभी प्रसारण लाइनको लागि ठेक्का खोल्ने प्रतिवद्धता जनाएको छ ।

शाहीले सोही प्राधिकरणको लिखित जवाफकै आधारमा कर्णाली प्रदेशले म्यान्मादेखि खंलगासम्म भनेर ठेक्का खुलाएकोमा धन्यवाद समेत दिए । उनले भने,‘उर्जामन्त्रीले हामीसँग गरेको प्रतिवद्धता अनुसार काम भएकोमा खुशी छौं ।’

उनले कर्णाली प्रदेशमा ठुला–ठुला विद्युत आयोजनाहरु बनाउन सकिने धेरै सम्भावना रहेको उल्लेख गरे। त्यसका लागि सरकारले कर्णालीको स्थलगत अध्ययन गरी नीजि क्षेत्रले पनि जलविद्युतमा लगानी गर्न आवश्यकता छ भनेर सरकारले टुंगो लगाइदिन पर्ने उनको धारणा छ ।

कर्णालीमा १७ देखि २२ वटासम्म जलविद्युत उत्पादन गर्नसकिने उनको दाबी छ । । उनले कर्णालीमा विद्युत उत्पादन गरेर जुम्ला, हुम्ला, मुगु, डोल्पालगायतका दुरदराजमा विजुली पुर्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘हामीपनि यो देशका नागरिक हौ । अन्य जनताको जति अधिकार छ, त्यतिनै कर्णालीका जनताको पनि छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot