Logo

विश्वराज पोखरेलद्वारा राजीनामा



काठमाडौं, २ साउन । विश्वराज पोखरेलले नेपाल प्रहरीका एआइजी पदबाट राजीनामा दिएका छन् । आज उनी प्रहरी मुख्यालय पुगेर राजीनामा पत्र दिएका हुन् ।

प्रहरीको मानव स्रोत विभागमा पुगेर पोखरेलले राजीनामा दिएर सेवाकालमा अन्तिम पटक मुख्यालय आएको बताएका थिए ।

धीरजप्रताप सिंहलाई आइजीपी बनाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेपनि उनले मुद्दा हारेका थिए । त्यसपछि उनका लागि २० साउनसम्म पदमा रहने या राजीनामा दिनेमध्येको विकल्प थियो । उनले राजीनामा दिए ।



प्रतिक्रिया दिनुहोस्