Logo

स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजमा बन्द



काठमाडौं, २ साउन । अब स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजले सञ्चालन नगर्ने भएका छन् ।

सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने आर्थिक वर्ष २०७९–८० को बजेटमा उल्लेख भएसँगै निजी अस्पताल तथा मेडिकल कलेजले दिने सेवा बन्द हुने भएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

सबै सामुदायिक तथा सरकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गर्ने स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गर्ने पनि वत्तव्यमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्