Logo

नवराज सिलवालको पथमा विश्वराज पोखरेल



काठमाडौं, ३ असार । नेपाल प्रहरीमा वरिष्ठता मिचेर आइजीपी बनाएको भन्दै तत्कालीन डिआइजी नवराज सिलवाल कानूनी लडाईंमा अगाडि सरे । तर, सरकारविरुद्ध उनको प्रयास सफल भएन । प्रहरी मुख्यालय फर्किएनन् । राजीनामा दिएर राजनीतिमा लागे ।

नवराज सिलवालकै भोगाई विश्वराज पोखरेललाई भएको छ । उनी आफ्ना ब्याचीमध्ये वरियतामा एक नम्बरको एआइजी भएपनि आइजीपी बन्नबाट रोकिए । पोखरेल अदालत गए तर मुद्दा हारे । त्यसपछि २ असारमा राजीनामा बुझाएका छन् । मन्त्रिपरिषदले राजीनामाको टुंगो लगाएपछि उनको भावी कदम प्रष्ट हुनेछ ।

विश्वराज पोखरेल पनि राजनीतिमा आउने चर्चा छ । उनी नेकपा एमालेनिकट हुन् । पोखरेलले राजनीतिमा आउने या नआउने केही खुलाएका छैनन् ।

पोखरेलको राजीनामा स्वीकृती भएपछि प्रहरीमा नयाँ एआइजीको दौडधूप चल्नेछ । आइजीपी धीरजप्रताप सिंहका ब्याची नलप्रसाद उपाध्याय, महसुद आलम खाँ र मोहन आचार्यबीच प्रतिष्पर्धा चल्ने देखिन्छ ।

तर, भावी आइजीपीका रुपमा देखिएका वसन्त कुँवर, टेकप्रसाद राई र अशोक सिंह पनि अहिले नै एआइजीमा छलाङ मार्ने दाउमा छन् । उनीहरुमध्ये जो पहिले एआइजी हुन्छ उसैको धीरजप्रताप सिंहपछिको आइजीपी बन्ने सम्भावना बलियो हुन्छ ।



प्रतिक्रिया दिनुहोस्