Logo

म र केपी ओली एक-अर्काको लागि आवश्यकत्ता हौं : राजेन्द्र लिङ्देन (भिडिओसहित)



काठमाडौं, ३ साउन । राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा जाँदा आफ्नो पार्टीले राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको मुद्दा लिएर चुनावमा जाने बताएका छन् । त्यस्तै, संघीयता खारेजीको पनि एजेण्डा जोडदार रुपमा उठाउने उनको भनाई छ । उनले भने,‘भ्रष्टाचारको विरुद्ध सशक्त भएर लागेका छौं । सुशासनको मुद्दा उठाउँछौं । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासको योजना लिएर हामी जनताको बीचमा जान्छौं । नेपालको राजनीतिमा भ्रष्टाचारको विरुद्धमा कुनै पार्टी औपचारिक रुपमा छ भने त्यो राप्रपा मात्रै छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेका दलविरुद्ध जनताले मत प्रयोग गर्ने विश्वास दिलाए । उनले चुनावको कुरा हुँदा सबभन्दा ठूलो शक्ति भनेको जनता र मतदाता नै भएकोले राप्रपालाई पनि जनताले विश्वास गर्ने बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी कसैको पछि नलाग्ने सुनाए । तर, चुनावमा सहकार्यको सम्भावना रहेको उनको भनाई छ ।

उनले भने,‘अहिले नै हामीले यही दलसँग चुनावी तालमेल गर्ने भन्ने कुरा रहँदैन् । हामी यो विषयमा ठोस रुपमा प्रवेश गरेका छैनौं । एमालेसँग चुनावी तालमेल वा सहकार्यको बारेमा सम्भावना छ ।’ उनले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सहकार्य एक अर्काको लागि आवश्यकत्ता भएको सुनाए । उनले भने,‘हामी आँफैलाई चुनाव जित्नको लागि त होईन, तर राष्ट्रिय राजनीतिलाई दिशा दिनको लागि त्यस्तो परिस्थिति बन्न सक्छ, उहाँको लागि म आवश्यक र उहाँको लागि म आवश्यक हुन सक्छ ।’ उनले सबै दल एक्लाएक्लै चुनाव गए राम्रो हुने थियो भन्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot